दफा १२
सर्वेक्षण अनुमतिपत्र सम्बन्धी व्यवस्था
(१) खानेपानी तथा सरसफाइ सेवा, आयोजना वा सेवा प्रणालीको सर्वेक्षण गर्न चाहने सङ्गठित संस्थाले तोकिएको अधिकारी समक्ष अनुमतिपत्रको लागि तोकिए बमोजिम निवेदन दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम सर्वेक्षणको लागि दिइने अनुमतिपत्रको अवधि बढीमा तीन वर्षको हुनेछ।

(३) उपदफा (२) बमोजिमको अवधिभित्र सर्वेक्षण गर्ने कार्य सम्पन्न गर्न नसकेमा त्यस्तो अनुमतिपत्र स्वतः खारेज हुनेछ। (४) सर्वेक्षण अनुमतिपत्रको लागि दिइने निवेदनको ढाँचा, दस्तुर, प्रक्रिया र सर्भेक्षण अनुमति शुल्कलगायतका अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।